धनुषा । अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ। वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ ।
घर घरमा पानी पसेका ...
अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ । बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ ।