बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ

काठमाडौं : बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका–३ का अध्यक्ष रामशरण थारू छन्।इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले थारूसहित अन्य तीन जनालाई पनि पक्राउ गरेको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।पक्राउ पर्ने अन्यमा सुरज थारू, ध्रुव थारू र सुन्दर थारू छन्। प्रारम्भिक अनुसन्धानमा चारै जना लागुऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीले जनाएको छ।ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरूले लागुऔषध भुइँमा फालेकाले कति मात्रामा