बेलबारीमा एमालेको उम्मेदवारी, कांग्रेस-माओवादी एक्लाएक्लै लड्ने

विराटनगर : नेकपा एमाले बेलबारी नगरपालिकाको मेयरको उम्मेदवार डिपि राईलाई बनाएको छ । भने उपमेयरमा तिलकुमारी गौतमलाई बनाएको छ। लामो छलफलपछि मेयर र उपमेयरको पदमा राई र गौतमलाई उम्मेदवार बनाएको हो।यता, गठबन्धन आबद्ध रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले भने एक्लाएक्लै चुनाव लड्ने तयारी गरिरहेका छन्। आइतबार विराटनगरमा लामो समय छलफलमा बस्दा पनि कुनै निष्कर्ष नआएपछि कांग्रेस र माओवादी एक्लाएक्लै जाने तयारी गरेको माओवादीको एक नेताले बताए। राजनीति अवस्था०७४ को स्थानीय तहको निर्वाचनमा एमाले उ

सम्बन्धित सामग्री

कांग्रेस, माओवादी र नागरिक उन्मुक्तिले सच्याए समानुपातिक सूची

कांग्रेस, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समानुपालितकतर्फको सूची सच्याए निर्वाचन आयाेगमा पेस गरेका छन्।  कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समानुपातिक प्रणालीतर्फ यसअघि बुझाएको बन्दसूचीको नाम...

कांग्रेस माओवादी मिल्न जरुरी : नेता पुन

रोल्पा– नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले लामो समयदेखि थाँती रहेको सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन कांग्रेस माओवादी मिलन आवश्यक रहेको बताएका छन् । शनिबार गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको  पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रियाका मुख्य दुई साझेदार कांग्रेस माओवादीको सहकार्य बिना शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुने बताए ।  गठबन्धन हुन्छ […]

कांग्रेस, माओवादी र समाजवादीका मन्त्रीले सामूहिक राजीनामा बुझाउने

जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिए मुख्यमन्त्रीले पदबाट बर्खास्त गर्ने बताएका छन् । केन्द्र सरकारले जसपाका मन्त्रीहरूलाई आज पदबाट बर्खास्त गरेपछि मधेस प्रदेश सरकारले  पनि भोलि (शुक्रबार) सम्म नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ६ जना मन्त्रीलाई पदबाट बर्खास्त गर्ने तयारी गरेको यादवले रातोपाटीसँग बताएका हुन् । ‘मुख्यमन्त्रीले बर्

राष्ट्रियसभा उपनिर्वाचनः उम्मेदवारबारे छलफल गर्दै कांग्रेस, माओवादी र जसपा

काठमाडौं। नेपाली कांग्रेस,माओवादी र जसपा बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारका सम्बन्धमा छलफलमा जुटेका छन्। नेकपा एमालेको माधवकुमार नेपाल समूह समेतको समर्थनमा उठाएका उम्मेदवारका सम्बन्धमा छलफल हुने माओवादीका एक नेताले बताए। कांग्रेस,माओवादी,जसपा र माधव नेपाल पक्षको समेत समर्थनमा माधव नेपाल पक्षकै डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। तर नेपाल पक्ष प्रधानमन्त्री ओलीसँग मिल्ने भएपछि उनीहरु छलफलमा जुटेका हुन्।

कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताबीच छलफल

काठमाण्डौ – नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सामान्य छलफल गरेर नेताहरू बाहिरिएका सभापति देउवाको सचिवालयले जनाएको छ । बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता नारायण खड्का सहभागी भएका थिए भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पूर्वसभामुख ओन...

राष्ट्रियसभा उपनिर्वाचनः उम्मेदवारबारे छलफल गर्दै कांग्रेस, माओवादी र जसपा

काठमाडौं। नेपाली कांग्रेस,माओवादी र जसपा बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारका सम्बन्धमा छलफलमा जुटेका छन्। नेकपा एमालेको माधवकुमार नेपाल समूह समेतको समर्थनमा उठाएका उम्मेदवारका सम्बन्धमा छलफल हुने माओवादीका एक नेताले बताए। कांग्रेस,माओवादी,जसपा र माधव नेपाल पक्षको समेत समर्थनमा माधव नेपाल पक्षकै डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। तर नेपाल पक्ष प्रधानमन्त्री ओलीसँग मिल्ने भएपछि उनीहरु छलफलमा जुटेका हुन्।

कांग्रेस–माओवादी गठबन्धनको दूरगामी प्रभाव देखिँदै जानेछ : सूर्य थापा

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कांग्रेस–माओवादी गठबन्धनको दूरगामी प्रभाव देखिदै जाने बताएका छन्। उनले समाजिक सञ्जालमा गण्डकीमा कांग्रेस र लुम्बिनीमा माकेले मुख्यमन्त्री बनाउनेगरी गरेको बुढानीलकण्ठ(खुमलटार अप्राकृतिक साँठगाँठको अप्ठेरो परिस्थितिलाई परास्त गरेको दाबी गरेका छन्। यो धेरै महत्त्वपूर्ण सफलता भएको भन्दै उनले भनेका छन्, “यसको दूरगामी प्रभाव देखिँदै जाने निश्चित छ। केबल मुख्यमन्त्री निरन्तर हुने कि हट्नेमात्रै प्रश्न यो थिएन।”

कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई बहुमत पुर्‍याउन यसकारण मुस्किल छ

काठमाडौं। राष्ट्रपतिले बहुमतीय सरकार गठन लागि आह्वान गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई १३६ जना सांसदको समर्थन जुटाउन मुस्किल पर्ने देखिएको छ। अहिलेको अवस्थामा यो गठबन्धनमा १२४ जना सांसद छन्। जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको समर्थन वा एमालेको माधव नेपाल पक्षको राजीनामा नआए बहुमत पुग्ने अवस्था छैन। जसपा अध्यक्ष ठाकुरले सरकार बनाउने खेलमा नलाग्ने विज्ञप्ति जारी गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनको योजना संकटमा परेको छ।

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो ।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त अपिल जारी गर्दै ‘नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउ

देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति

काठमाडौं । नेपाल कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आधारभूत सहमति जुटेको छ । अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार तीन दलबीच सत्ता समीकरणको सहमति जुटेको हो । तीन दलबीच लामो छलफलपछि मंगलबार निष्कर्षमा पुगेको नेता सिटौलाले बताउनुभयो । सिटौलाका अनुसार चैत महिनाभित्रै अर्को सरकार बन्नेछ। संसदमा कांग्रेसको ६३ (दुई निलम्बित), माओवादी केन्द्रको ५३ (जसमध्ये ४ ओली पक्षमा) र जसपाको ३४ (दुई निलम्बित) सांसद छन् । नयाँ सरकार गठनका लागि जसपा निर्णायक बनेको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएदेखि नै कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल पक्ष र जसपाबीच नयाँ सरकार गठनको विषयमा छलफल भइरहेको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि दलहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कसरत चलिरहेको छ । नेताहरुका अनुसार यी तीन दल प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा छन् । अविश्वासको प्रस्ताव ल्याउने भनेर सांसदहरुको हस्ताक्षर पनि तयारी अवस्थामा राखिएको एक सांसदले बताए । सर्वोच्चको आदेशबाट नेकपा (एमाले) र माओवादी केन्द्र अलग भएपछि सत्ता समीकरणको सहति जुटेको छ । एमालेको पुनर्वहाली भएपनि माधव–झलनाथ पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध समानान्तर गतिविधि गरिरहेका छन् । नेपाल पक्षको आज र भोलि काठमाडौंमा राष्ट्रिय भेला हुँदैछ ।