नेपाली महिला क्रिकेटः जब मुखको गाँस खोसियो !

नेपाली महिला क्रिकेट टोली एउटा ठूलो प्रतियोगिता खेल्नबाट बञ्चित भयो । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल फाइनल पुन सकेन । नेपालको फाइनल यात्रामा बलियो टोली बाधक बनेको भने होइन । वर्षा बाधक बन्दा नेपाल सेमिफाइनबाट नै बाहिरियो । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप छनोट हुने नेपालको सपना पानीले पखालियो । महिला टोलीले गरेको तयारी र मेहनत मलेसियाको घनघोर वर्षाले युएईलाई राहत दियो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल छनोट हुन स