२६ साउन, काठमाडौं । नेकपा एमालेले थप चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ । […]