कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार छः हिक्मत कार्की - NepaliPatra

विराटनगर । कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने बताए । देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने उनको भनाई छ । कार्कीले भने, ‘प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले हामीसँगै […]

सम्बन्धित सामग्री

हिक्मत कार्की सत्तामा, केदार कार्की सर्वोच्चमा

२७ वैशाख, विराटनगर । सत्तारुढ गठबन्धनको चाहना अनुसार नै प्रदेश प्रमुख परशुराम खापुङले बुधबार नयाँ सरकार गठनको आह्वान गरेपछि कोशीमा एमाले नेता हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बनेका छन् । बुधबार नयाँ सरकार गठन गर्न एमाले …

सत्ताप्राप्ति कि जनताको सेवा ?

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेपछि अहिले यो प्रदेश सरकारविहीन बनेको छ । अझ अचम्म के छ भने कामचलाउ सरकारसमेत को हो थाहा छैन । यसअघिका नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री रहेको सरकार माओवादीले साथ छाडेपछि ढलेको थियो । तर, सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा थापा मुख्यमन्त्री बनेका थिए । सभामुखजस्तो तटस्थ बस्नुपर्ने व्यक्तिले सरकार गठनमा हस्ताक्षर गर्नु संवैधानिक त्रुटिमात्र होइन, गैरजिम्मेवारी पनि हो । सर्वोच्चको आदेशपछि प्रदेश प्रमुखले बहुमतको दाबीसहित दललाई सरकार गठन गर्न आह्वानसमेत गरिसकेका छन् । यहाँको प्रदेश सभाका सदस्यहरूको राजनीतिक हिसाबकिताब गर्दा नयाँ सरकार गठन गर्न निकै समस्या देखिन्छ ।  सरकार गठनकै लागि सभामुखले हस्ताक्षर गर्ने जस्तो कार्य भइरहेको अवस्थामा कोशी प्रदेश मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुन्छ । तर, संविधानले नै सकेसम्म विकल्प खोज्ने तर मध्यावधि रोक्ने खालको व्यवस्था गरेकाले त्यो पनि त्यति सहज देखिँदैन । कथम्कदाचित् दलहरूको सहमतिमा मध्यावधिमा जाने निर्णय भएछ भने पनि कोशीमा निर्वाचनको सम्भावना देखिँदैन । आफूलाई पहिचानवादी भन्नेहरूले अहिले यस प्रदेशमा निकै चर्को आन्दोलन चलाइरहेका छन् । कोशी नामकरणबाट असन्तुष्ट यिनीहरूको आन्दोलन उग्रसमेत देखिएको छ । नामकरणमै पनि यिनले विकल्प भने दिन सकेका छैनन् । तर, यिनीहरूले चुनाव बिथोल्न सक्ने र हिंसा भड्कन सक्ने प्रबल सम्भावना देखिएको छ ।  यसरी सरकार पनि बन्न नसक्ने अनि मध्यावधिमा जान पनि नसक्ने अवस्थामा यहाँ राष्ट्रपतीय शासन लागू गर्नुपर्ने हो । भारतलगायत देशको अभ्यास हेर्दा यस्तोमा केन्द्रले हस्तक्षेप गर्न सक्छ र राष्ट्रपतीय शासन लागू गर्न सक्छ । नेपालमा भने नयाँ संविधान बनेपछि यस्तो अभ्यास हुन सकेको छैन । त्यसैले कोशीमा आगामी सरकार कसको र कसरी बन्ने भन्नेबारेमा अन्योल सृजना भएको छ । यस्तो अन्योलका कारण प्रदेश सरकारले काम पनि गर्न पाएको छैन । जनताले चयन गरेका जनप्रतिनिधिको समय सरकार परिवर्तन गर्दैमा बित्ने गरेको छ । यस्तो अभ्यासले अन्तत: आमसर्वसाधारणमा वितृष्णा ल्याउने सम्भावना भएकाले राजनीतिक दलहरूले आफ्नो उद्देश्य सत्ता प्राप्ति मात्र नठानी जनताको सेवा गर्नु हो भन्ने सोचको विकास गर्न आवश्यक देखिएको छ ।

तीन प्रदेशमा सरकार गठन

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । कार्की आइतबार मुख्यमन्त्री नियुक्त भएका हुन् भने अधिकारीलाई सोमबार नियुक्त गरिएको हो । सोमबार नै बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । उनले मंगलबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । जमकट्टेललाई गठबन्धन […]

प्रदेश १ : मुख्यमन्त्री पाउनेमा एमालेका हिक्मत कार्की नै छैनन् विश्वस्त

प्रदेश १ सरकार गठनका लागि प्रदेश प्रमुखबाट पुस २४ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिइएको छ । उक्त समयमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत पुर्याउँदै

प्रदेश १ : मुख्यमन्त्री पाउनेमा एमालेका हिक्मत कार्की नै छैनन् विश्वस्त

प्रदेश १ सरकार गठनका लागि प्रदेश प्रमुखबाट पुस २४ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिइएको छ । उक्त समयमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत पुर्याउँदै मुख्यमन्त्रीको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुपर्ने छ । एमालेको नेतृत्वमा रहेको सत्ता गठबन्धनबाटै प्रदेश १ मा पनि सरकार बन्ने स्पष्ट छ । तर, एमाले र माओवादीमध्ये कसले मुख्यमन्त्री लिने भन्ने विषय अझै टुंगिएको छैन । ०७४ सालको निर्वाचन लगत्तै शेरधन राई नेतृत्वमा सरकार गठन भएको थियो । त्यसबेला नेकपा एमालेले सभामुख मात्रै नभइ प्रदेश १ को प्रदेश प्रमुख पनि आफ्नै भागमा राखेको थियो...

प्रदेश १ काे मुख्यमन्त्री एमालेका हिक्मत कार्की निश्चित

विराटनगर । प्रदेश १ मा एक सातामा नयाँ सरकार बन्ने भएकाे छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै  सरकार गठनको बाटो खुल्ला भएको हो ।  आइतबार प्रदेश प्रमुख खापुङले सरकार गठनको लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न खापुङले आग्रह गरेका छन् […] The post प्रदेश १ काे मुख्यमन्त्री एमालेका हिक्मत कार्की निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बनाउने प्रयासमा छौँ : हिक्मत कार्की

विराटनगर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण मत परिणाम आएसँगै यतिवेला प्रदेश १ मा सरकार गठन गर्ने विषयमा दलका नेताहरू छलफल र बहसमा छन्।प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमाले ठूलो दल बने पनि एक्लै उसको बहुमत पुगेन। सत्ता गठबन्धनसँग पनि बहुमत छैन।त्यसो हुँदा प्रदेश १ मा एमालेले सरकार गठनको तयारी कसरी गरिरहेको छ? साथै संसदीय दलको निर्वाचन वा नेतृत्व चयनको तयारी कसरी भइरहेको छ भन्ने विषयमा रहेर नेकपा एमालेका नेता एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीहिक्मतकुमार कार्कीसँगथाह

को बन्ला प्रदेश १ को मुख्यमन्त्री ? (भिडियो)

प्रदेश १ मा एमाले, राप्रपा र जसपाले सरकार गठन गर्न सक्ने देखिएको छ । यस्तो अवस्थामा एमालेबाट हिक्मत कार्की वा तिलकुमार मेन्याङ्बोमध्येबाट हुने सक्ने चर्चा हुँदै आएको छ ।