सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन समिति सदस्यमा सांसद बडू

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको सदस्यमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको नाम थपिएको छ । कांग्रेसबाट समिति सदस्य रहेका बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि रिक्त रहेको सदस्यमा कांग्रेसले बडूलाई पठाएको हो ।

सम्बन्धित सामग्री

'सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति' गठन

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो ।