बैतडी : बैतडीमा १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ।जिल्लामा १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाउने तयारी भएको हो। सरकारले देशका विभिन्न जिल्लामा किशोरकिशोरीका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरीशप्रसाद भट्टले जानकारी दिए।यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई आगामी पुस ४ गतेदेखि मोडर्ना खोप दिइने भएको हो