सनराइज म्युचुअल फण्डका तीनओटै फण्डले सूचीकृत धितोपत्रमा बढाए लगानी

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड, सनराइज फोकस्ड इक्वीटी फण्ड र सनराइज ब्लुचिप फण्डले जेठ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डले वैशाखको तुलनामा जेठमा सूचीकृत धितोपत्रमा लगानी बढाएका छन् ।  सनराइज फर्स्ट म्युचुअल फण्डले वैशाख मसान्तसम्ममा रू. ५६ करोड ४४ लाख लगानी गरेकोमा जेठ मसान्तसम्ममा रू. ६५ करोड ६९ लाख लगानी पुर्‍याएको छ । त्यस्तै सनराइज फोकस्ड इक्वीटी फण्डले वैशाख मसान्तमा सूचीकृत धितोपत्रमा रू. १७ करोड ८९ लाख लगानी गरेकोमा जेठ मसान्तमा रू. ३१ करोड १४ लाख लगानी पुर्‍याएको छ ।  सनराइज ब्लूचिप फण्डले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ८३ करोड ५ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तसम्ममा रू. ७० करोड ८८ लाख थियो । यस फण्डको न्याभ वैशाखको तुलनामा जेठमा बढेको छ । वैशाख मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ९५ पैसा रहेकोमा जेठ मसान्तमा बढेर ९ रुपैयाँ ६३ पैसा पुगेको हो । त्यस्तै यस फण्डको नाफामा पनि वृद्धि भएको छ । वैशाख मसान्तमा फण्डले रू. १ करोड ५७ लाख नाफा कमाएकोमा जेठ मसान्तमा बढेर रू. १० करोड १३ लाख पुगेको हो । जेठमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।  सनराइज फोकस्ड इक्वीटी फण्डले जेठ मसान्तसम्ममा रू. ५० लाख ४० हजार नाफा कमाएको छ । वैशाख मसान्तमा भने फण्ड रू. १ करोड २५ लाख नोक्सानीमा थियो । त्यस्तै यस फण्डको न्याभ जेठ मसान्तमा रू. १० रुपैयाँ ०५ पैसा कायम भएएको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा पनि वैशाखको तुलनामा जेठमा वृद्धि भएको छ । वैशाख मसान्तसम्ममा फण्डले रू. १ करोड ६२ लाख नाफा कमाएकोमा जेठ मसान्तमा त्यो रकम  बढेर रू. ८ करोड १८ लाख पुगेको छ । जेठ मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ५३ पैसा रहेको छ । वैशाख मसान्तमा भने फण्डको न्याभ ११ रुपैयाँ ७७ पैसा थियो ।  सनराइज फर्स्ट म्युचुअल फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला सनराइज फोकस्ड फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला सनराइज ब्लूचिप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला