कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपत्बाट क्षति बेहोरेका किसानहरूलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिने गरी लगत सङ्कलन गरिरहेको बताएको छ ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले यस वर्षको मनसुनका कारण आएको बाढी तथा पहिरोका कारण कृषकहरूलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत सङ्कलन गरिरहेको बताए । मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के–कति क्षति भएको छ त्यसको तथ्याङ्क सङ्कलन गरिरहेको उनले जानकारी दिए । एक