विद्युतीय कारोबारको सीमा बढ्यो

काठमाडौं । विद्युतीय कारोबारमा जोड दिँदै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो । राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत) बाट प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । […]