लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले अदालती प्रकृयाको बेवास्ता गरेकी छन् । आफैले दर्ता गराएको मुद्दाको तारेखमा उनी आफू पनि उपस्थित नभएको र वारेस पनि नपठाएको पाइएको हो ।जसपा नेपालकी प्रदेशसभा सदस्यसमेत रहेकी कृषि, खाद्य तथा भूमि व्यवस्थामन्त्री रायमाझीलाई एमाले नेतृत्वको तत्कालीन सरकारमा पार्टीको निर्णय बिना नै सहभागी भएको भन्दै पार्टीले कारबाही गरेको थियो । सो कारबाहीविरुद्ध उनीसहितका चार जनाले अदालतमा मुद्दा दायर गरेका थिए ।सर्वोच्च अदालतमा द