सेती नदीमा पक्की पुल निर्माण गरिँदै

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ । लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ । माछापुच्छ्रे–२ सार्दिखोलाका

सम्बन्धित सामग्री

स्थानीयको सक्रियतामा पक्की पुल निर्माण

गुल्मीमा स्थानीयको सक्रियतामा पक्की पुल निर्माण गरी आइतबार उद्घाटन गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–५ आँपचौरका स्थानीयको पहलमा धार्मिक क्षेत्र कोटेश्वर मन्दिर र कोटेश्वर गुफा पुग्नका लागि घैंटेआँप कोटेश्वर पुलको निर्माण भएको हो । हाल रोजगारीको शिलशिलामा जापानमा रहेका आँपचौरका स्थानीय किरण खरेलले पुल निर्माणको अगुवाइ गरेका थिए । जसअन्तर्गत १३ मिटर लम्बाइ र २ […]

खार्पुमा पक्की पुल निर्माण सुुरु गरिँदै

सिमकोट – कर्णाली करिडोरअन्तर्गत खार्पु दोभानमा रहेको दोजाम कर्णाली नदीमा पक्की पुल निर्माण सुुरु गरिने भएको छ। दुल्लीकुुनासम्म गाडीमा आउने पुल निर्माणका लागि आवश्यक छड खच्चडमा ढुवानी गर्न नसकिने भएपछि ती सामग्री हेलिकोप्टरमा झुुण्ड्याएर ल्याउने र काम सुरु गर्ने तयारीमा निर्माण कम्पनीले जनाएको छ। निर्माण कम्पनीका स्थानीय प्रतिनिधि सोनाम लामाले सिमेन्ट छड निर्माण स्थल खार्पुमा […]

बेगखोलामा पक्की पुल निर्माण कार्य तीव्र

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । कालिगण्डकी करिडोरअन्तर्गत बेगखोलामा सडक विभागमार्फत् योजनाको ठेक्का लगाएर पक्की पुल निर्माण कार्यले गति लिएको हो । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर बेनी–जोमसोम कोरला सडकअन्तर्गत पर्ने बेगखोलामा सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौंले ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल […]

याङ्गार खोपा पक्की पुल निर्माण कम्पनीलाई कारबाही गरिने

सिमकोट – हिल्सा–सिमकोट सडक आयोजनाले याङ्गार खोपा पक्की पुल निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ। सम्झौता भएको चार वर्षसम्म निर्माण सुुरु नभएपछि आयोजनाले निर्माण कम्पनी पक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको हो। आयोजनाका योजना प्रमुख बिरेन्द्रकुमार यादवका अनुुसार सम्झौता भएको लामो समयसम्म निर्माण सुुरु गर्न नसकेपछि याङ्गार खोला पुल निर्माण कम्पनीलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढेको […]

ओखलढुंगा–सिन्धुली जोड्ने पक्की पुल निर्माण सम्पन्न

ओखलढुंगा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुल निर्माण सम्पन्न भएसँगै स्थानीय खुसी भएका छन् ।पुलको सबै काम सम्पन्न भइसकेको र आगामी २० साउनभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । करिब २३ करोड लागतमा बनेको पुल दुई सय मिटर लामो छ । पुलमा पाँच वटा स्पान रहेका छन् भने पुलको चौडाइ ११ मिटरको छ । दुई […]

रारालिहीमा १४ करोड लागतमा पक्की पुल निर्माण हुँदै

जुम्ला-तिला गाउँपालिकाका दुर्गम बस्तीलाई यातायातको पहुँचमा पु-याउन पक्की पुल निर्माण कार्य सुरु गरिएको छ । तिलाका ६, ७, ८ र ९ नम्बर वडाका दर्जनौ दुर्गम बस्तीलाई कर्णाली राजमार्गसँंग जोड्न रारालिहीस्थित तिला नदीमा ट्रस बेलिब्रिज निर्माण थालिएको हो ।स्थानीय सरकार सञ्चालन पश्चात तिलाका ९ वडाका ३४ वटै बस्तीमा सडक पुगेका छन् । तर तीमध्ये तिलाका ६, […]

डोटीको गलागाडमा पक्की पुल निर्माण हुने

डोटी - डोटीको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाको  गलागाडमा मोटर चल्ने पक्की पुल निर्माण हुने भएको छ । याे पुल निर्माणका लागि गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले शिलान्यास गर्नुभएको छ । गाउँपालिकाको वडा नं १ र २ अन्तर्गतका सिमचौर–केदारअखडा जोड्नका लागि ४ करोड ५० लाख रुपैयाँको लागतमा याे पुल निर्माण हुने भएको हो । पुल नहुँदा यहाँका नागरिकले सास्ती भोग्दै आएका थिए भने उत्पादित वस्तु भाउले बजार पाउन सकेका थिएनन् । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरदेखि बोगटान जोड्ने ...

रघुगंगा नदीमा पक्की पुल निर्माण

म्याग्दी- बेनी–जोमसोम सडक अन्तरगतम्याग्दीको गलेश्वरस्थित राघुगंगा नदीमाथि पक्की पुल निर्माण गरिएको छ । कालिगण्डकी करिडोर सडक आयोजनाले बेनीनगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सीमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण गरेको हो । ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिकोे पुल निर्माण भएपछि सवारीसाधन सञ्चालन गरिएको छ । पुल निर्माण भए […]

दोधाराचाँदनीको कञ्जभोज जोड्ने जोगबुढा नदीमा पक्की पुल निर्माण

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो ।  मित्र निर्माण सेवाले १६ करोड रुपैयाँको लागतमा पुल निर्माण गरेको छ । ४ वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ । पुल निर्माण नहँुदा स्थानीय वासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय वासिन्दाले नदी वारपार गर्दै आएका थिए । नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपम...

महाकाली लोकमार्गमा ६ वटा पक्की पुल निर्माण हुने

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला टिंकरसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालू आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ । चालू आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी ६ वटा ठाउँमा पुल निर्माण हुने भएको हो ।  पुल निर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिंकर सडक योजना प्रमुख आशुतोष कर्णले बताए । उनका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा २ वटा, बैतडीको नीलगाड र कसानी खोलामा २ वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा २ ठाउँमा पक्की पुल निर्म...