कालो कोटधारीले आफैँले लेखेर ल्याएको फैसला पढ्ने न्यायाधीश खोजेको ओलीको आरोप, 'पेन्सन खाएर न्यायालयको हुर्मत लिने?'

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोटको आवरणमा केही व्यक्तिले न्यायालयलाई विवादमा ल्याउने काम गरेको बताएका छन्। युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्नप्रति आक्रोश पोखे। ‘वकिलहरूले न्यायाधीश तय गर्ने अब?’ ओलीले…