ललितपुर : ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगर प्रहरीलाई नेपाल अर्थात् नेवारी भाषामा प्रशिक्षण दिन थालेको छ। महानगरपालिकामा धेरैजसो नेवारी समुदायको बसोबास रहँदा प्रहरीलाई काममा सो भाषाले सहजता तुल्याउन ठहर गरी दुईहप्ते प्रशिक्षण दिन सुरु गरिएको हो।नगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगर नेवारी बस्तीमा नेपाल भाषा प्रयोग गरेर आफूहरूले काम गर्दा अपनत्वको व्यवहार पाएसँगै उक्त भाषा जान्न अति नै आवश्यक रहेको बुझी सोमबारदेखि आउँदो असोज ३ गतेसम्म सिकाइने भएको बताए।उनले भने, ‘यहाँ बसोबास गर्ने