भ्रष्टाचारको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार उनीहरुविरुद्ध सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।आयोगका अनुसार गण्डकी यातायात व्यवस्था कार्यालयबाट २०७५ मंसिर, २०७६ कात्तिक र मंसिरमा संचालित लाइसेन्सको परीक्षामा उत्तिर्ण भएकालाई अनुत्तिर्ण   र अनुत्तिर्ण भएकालाई उत्तिर्ण गरी अनियमितता गरेको