अफ्रिकाको हर्न अफ अफ्रिका क्षेत्र (जसमा इरिट्रिया, जिबुटी, इथोपिया र सोमालिया पर्छन्) मध्येको सोमालियामा ४० वर्षयताकै सबैभन्दा लामो खडेरीको कारण लाखौं मानिस भोकमरीको भयावह चपेटामा परेका छन्। संयुक्त राष्ट्र संघले हरेक ४ जना सोमालियालीमध्ये १ जना भयानक खडेरीका कारण भोकमरीको चपेटामा परिरहेको जनाएको छ।करिब १ करोड ६२ लाख ७० हजार जनसंख्या रहेको सोमालियामा सन् २०२२ मा ४६ लाख मानिस भोकमरीको चपेटामा पर्न सक्ने प्रक्षेपण राष्ट्र संघले गरेको छ। सोमालियाको स्थिति बिग्रँद