काठमाण्डौ – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रजिअ (सहसचिव र उपसचिव) को सरुवा र पदस्थापन गरेको छ । शुक्रवार गृह मन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ५२ जना सीडीओहरूकाे सरुवा र पदस्थापन गर्ने निर्णय गर्नुभएको हो । गृहका अनुसार सिन्धुलीका प्रमुख जिल्ला अधिकारीको पाल्पामा सरुवा भएको छ, बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सिन्धुली सरुवा भएको छ । त्यस्तै गृह मन्त्रालयका कार्यरत शालिग्राम शर्मा पौडेललाई प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखामा सरु...