काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको छ ।
आज मङ्गलवार सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको हो । उहाँले न्यायालयमा असहज परिस्थिति बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा प्रतिक्रिया दिन नमिल्ने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक ...