काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि भएको मतदानका क्रममा ११ जना सांसदहरुले आफूले मत हालेको मतपत्रको तस्विर खिचेपछि महामन्त्री गगनकुमार थापाले आपत्ति जनाएका छन्। बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानका क्रममा प्रधानमन्त्री पत्नी आरजू राणा देउवा र गृहमन्त्री पत्नी मञ्जु खाणको निगरानीमा ११ जना सांसदहरूले मतपत्रको फोटो खिचेकाे महामन्त्री थापाकाे आराेप छ। संसदीय दलका उम्मेदवार थापाकाे आँखै अगाडि उनीहरुले मतपत्रको फोटो खिचेका हुन्