म्याग्दी : चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस माघ महिनादेखि फुल्न सुरु गरेर फागुनमा राताम्मे भएको छ।धवलागिरि गाउँपालिकाका झकबहादुर छन्त्यालले चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस माघमै कोपिला लागेर मध्यफागुनसम्म जंगलै राताम्ये हुनेगरी ढकमक्क भइसकेको बताए। पश्चिमी म्याग्दीको मालिका, मंगला, धवलागिरि र उत्तरी म्याग्दीको अन्नपूर्ण, रघुगंगा गाउँपालिकाका विभिन्न जंगलमा लालीगुराँस फुलेर राताम्य भएको स्थानीयले बताए। कृषि प्राविधिक जगत बानियाँले मौसममा आएको परिवर्तनका कारण तापक्र