एकै विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

काठमाडौं : बागलुङको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। बाग्लुङ नगरपालिकामा रहेको जनता धन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो।जिल्ला स्वास्थ्य कार्यालयले ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण भएका सबै होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। शिक्षक–विद्यार्थीमा संक्रमण तिब्र भए पनि बागलुङका विद्यालय भने बन्द गरिएको छैन।मन्त्रिपरिषद्को निर्णयले जिल्लालाई सम्बोधन नगरेकाले विद्य

सम्बन्धित सामग्री

विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द

सल्यान : विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि सल्यानको एक विद्यालय बन्द गरिएको छ। जिल्लाको बनगाड कुपिण्डे–४ मा रहेको त्रिभुवन जनता माविका ११ विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो।विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएपछि ९८ विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा ११ विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक गुमानसिंह विष्टले जानकारी दिए। संक्रमित सबै विद्यार्थीको अवस्था सामान्य रहेको उनको भनाइ छ।परीक

सल्यानको सिद्धेश्वरी माविका १९ विद्यार्थीमा कोरोना संक्रमण

सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१२ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका १९ जना विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।  ९९ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले रातोपाटीलाई जानकारी दिए । सो विद्यालयका १०० भन्दा बढी विद्यार्थी बिरामी परेको खबर बाहिरिएसँगै बुधबार नगरपालिकाको स्वास्थ्य शाखाको टोली विद्यालयमा पुगेको थियो । ‘विद्यार्थीमा रुघाखोकीको समस्या देखिएको विद्

कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

काठमाडौं : कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगललबारदेखि ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गाउँपालिकामा सबैभन्दा बढी सङ्क्रण देखिएको…

विद्यार्थीमा कोरोना देखिएपछि जुम्लाको एक विद्यालय बन्द

धेरै विद्यार्थी बिरामी भएपछि जुम्लाको तिला गाउँपालिका–६ घोडेगाउँस्थित जनजागृति माध्यमिक विद्यालय बन्द भएको छ । विद्यालयका ८८ जनामा नमुना परीक्षण गर्दा एकजना छात्र, एकजना छात्रा गरी दुईजना विद्यार्थीमा कोरोना संक्रमण देखिएको...

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकामा विद्यालयहरूमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालनमा रोक लगाइएको छ। गाउँपालिकाले बुधबार सूचना जारी गर्दै आगामी माघ १२ गतेसम्मका लागि विद्यालय बन्दको घोषणा गरेको हो।चिचिला–३ को जालपा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको भन्दै चिचिलाले पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए।मंगलबार गरिएको परीक्षणमा वडा नम्बर ३ को जालपा माध्यमिक विद्यालयका १३ जन

कोरोना संक्रमण फैलिएपछि तुलसीपुरले बन्द गर्यो सबै स्कुल

काठमाडौं : दाङकाे तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण फैलिएपछि सबै विद्यालय माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।उपमहानगरले शुक्रबार सूचना जारी गरी कोरोना संक्रमणको 'चेन ब्रेक' गर्ने भन्दै निजी र सामुदायिक स्कुल बन्द गर्ने निर्णय गरेको जानकारी गराएकाे हो।उपमहानगरका अनुसार स्कुल भोलि (शनिबार)देखि माघ ३ गतेसम्म भौतिक उपस्थितिमा हुने पठनपाठन र आन्तरिक परीक्षाहरु बन्द हुने छ।परिस्थिति सहज भए माघ ४ गतेदेखि पुन: कक्षा सञ्चालन

एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी

बागलुङ । बागलुङमा एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । समुदायस्तरमा पनि तीन जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । बाग्लुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयका विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि ८२ जनाको परिक्षण गर्दा एकै पटक २५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक देव प्रकाश […]

बागलुङमा एकै विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण

बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

कैलालीमा एकै विद्यालयका चार विद्यार्थीमा कोरोना संक्रमण

कैलालीमा एकै विद्यालययका चार जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।

विद्यार्थीमा कोरोना संक्रमण देखिएसँगै इनरुवाका विद्यालय बन्द

वैशाख ५, सुनसरी । विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेपछि सुनसरीको इनरुवामा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  समुदायस्तरमा पनि संक्रमण फैलिन थालेपछि इनरुवा नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । केही दिनअघि जिल्ला समन्वय समितिको बैठकले विद्यालयहरु बन्द गर्ने वा खोल्ने अधिकार स्थानीय तहहरुलाई नै दिएको थियो ।  सोही अनुसार नगरपालिकाले संक्रमण थप फैलन नदिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले सभा, सम्मेलन, मेला, जात्रा जस्ता भिडभाड हुने कार्यहरु पनि अर्काे सूचना जारी नभएसम्मको लागि आयोजना नगर्ने पनि निर्णय गरेको छ ।  सुनसरीका प्रजिअ उमेशकुमार ढकालले डिसिसिएमसी बैठकले नै विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरुलाई दिएकोले सोही अनुसार इनरुवाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।  उनले भने, ‘आफ्नो क्षेत्रमा जोखिमको अवस्था हेरेर खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरुलाई नै दिइएको छ, त्यसै अनुसार इनरुवाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।’