नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार खोज्ने भएको छ। लामो छलफलमा समेत सहमति नभएपछि शुक्रवार मतदानको तयारी गरिएको हो। मनोनयन समेत शुक्रवार नै हुनेछ। यसअघि आकाङ्क्षाका रूपमा नाम टिपाएकाहरू बाहेकले समेत मनोनयन गर्न पाउने छन्। सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ।