विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह विवादमा तानिए

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह विवादमा तानिएका छन् । ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सिंहले सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलाप भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । निर्वाचन […]

सम्बन्धित सामग्री

विद्युत नियमन आयोगमा अध्यक्ष र ३ सदस्य नियुक्तिको लागि दरखास्त आह्वान

सरकारले रिक्त रहेको विद्युत नियमन आयोगका अध्यक्ष र एक महिला सहित ३ सदस्य नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । सिफारिस समितिले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम विद्युत नियमन आयोगको रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिका लागि सोही दफामा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूलाई १५ दिनभित्र उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम गठित सिफारिस समिति समक्ष मन्त्रालयमा आवेदन पेश गर्न आग्रह गरेको छ। आवेदन दिँदा विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-१ बमोजिमको आवेदन (आवेदन साथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताका प्रति र कार्य अनुभवसम्बन्धी कागजात) पेश गर्नु पर्ने छ। त्यस्तै विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-२ बमोजिमको स्वघोषणा पेश गर्नु पर्ने छ। कार्ययोजनाको ढाँचा र यससम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने र आवेदन पेश गरेका उम्मेदवारहरूमध्ये कार्ययोजनाको मुल्यांकनबाट छनौट भई संक्षिप्त सूचीमा परेका बढीमा ५ जना उम्मेदवारहरूलाई कार्ययोजना प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने समितिले जनाएको छ।सरकारले आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेपछि नयाँ नियुक्त प्रक्रिया सुरु गरेको हो  । फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई बर्खास्त गरेको थियो  । आयोगका अर्का सदस्य डा. राम प्रसाद धितालले भने राजिनामा दिएका थिए  । छानविन समितिको सिफारिसमा सरकारले अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेको थियो  ।  उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोगका अध्यक्ष र सदस्यहरुमाथि छानविन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेकाे थियो । समितिका सदस्यहरुमा  पूर्वसहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे थिए ।  आयोगका अध्यक्ष सिंह र अन्य सदस्यहरुलाई केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।