संगमलाई सलाम !

सदाझैं त्यस दिन (२०७६ पुस २५ गते) पनि उनी सबेरै घर नजिकको आरैही खोलामा भइरहेको अवैध ढुंगा गिट्टी उत्खनन रोक्न भनेरै गएका थिए। दोहनकारीले सुरुमा आफूहरूलाई अवरोध नगर्न धम्की दिएका थिए, त्यसपछि पल्सर बाइक किनिदिने लालच। तर, खोलाको अनियन्त्रित दोहन नरोकिए आफ्नो बस्ती र सिंगो देशकै पर्यावरण संकटमा पर्ने बुझेका उनले कसैगरे पनि माफियाका कुरा सुनेनन्।