काठमाडौँ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही समयअघिसम्म निरन्तर छलफल भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ अहिलेलाई थाती राखिएको छ।लामो समयदेखि सिंहदरबारभित्र घुमीफिरी अड्किएको शिक्षा विधेयक संसद्बाट गत असोज २५ गते पारित भई दफावार छलफलका लागि शिक्षा समितिमा पठाइएको थियो। त्यसपछि आमचासोका रूपमा हेरिएको उक्त विधेयक गत पुस महिनादेखि समितिमा छलफल भएको थियो। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अनुसार एक हप्ताभन्द