नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको भन्दै प्रशंसा गरेका छन् । उनले यादवले मधेश अधिकारका लागि गठबन्धन र सरकारमा संघर्ष गर्ने गरेको सुनाए । बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यादवसँग एउटै मन्त्रीमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको बताए ।