हेटौँडा औद्योगिक क्षेत्रको २६६ रोपनी जग्गा पहुँचवालाको कब्जामा

हेटौंडा : नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग खोल्न जग्गा खोज्दै दैनिक २-३ जना पुग्छन्। तर, उद्योग खोल्ने जग्गा नभएको भन्दै उनीहरू रित्तो हात फर्किन्छन्।  नयाँ उद्योग खोल्ने योजना बोकेर औद्योगिक क्षेत्र  पुगेकाहरू जग्गा अभावमा रित्तो हात फर्किरहँदा वर्षौंदेखि २ सय ६६ रोपनी जग्गा विभिन्न उद्योगले ओगटेर राखिएको पाइएको छ।औद्योगिक क्षेत्रको २ सय ६६ रोपनी जग्गामा ती उद्योगहरूले न उद्योग चलाएका छन् न त अन्य उद्योग खोल्नको लागि बाटो खुल्ला नै

सम्बन्धित सामग्री

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

हेटौँडा– हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको  सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि  रद्द  गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द गरेको हो । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स इण्डष्ट्रिज प्रालि, […]

हेटौँडा औद्योगिक क्षेत्रमा जग्गा ओगटेर बसेका उद्योगलाई उन्मुक्ति

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमाथि सम्झौता रद्दको सूचना निकालेर धनाड्यहरूको दबाबमा परी कार्यान्वयन गर्न नसकेको आरोप लागेको छ ।