सरकार मौन हुँदा धार्चुला प्रशासनले ढुंगा हानाहानमा नेपाललाई नै दोष दियो, भारतीय व्यवसायीले दिए अनसनको चेतावनी

काठमाडौं : भारतले महाकाली नदीको धार परिवर्तन गर्न खोजेपछि दार्चुलाबासी आन्दोलित भएका छन्। नदीको धार नेपालतर्फ धकेलेर अनधिकृत रुपमा तटबन्धसँगै अन्य संरचना निर्माण गर्न खोजिएपछि त्यहाँ झडपको स्थिति सिर्जना भएको छ। भारतीय पक्षबाट नेपालतर्फ ढुंगा प्रहार हुँदा केही घाइतेसमेत भएका छन्। अहिले महाकाली नदीबाट दार्चुला र भारतको धार्चुला जोड्ने पुलबाट…