मेडिकल कलेज: डाक्टर उत्पादन गर्ने नाफामुलक फ्याक्ट्री

आर्थिक लाभको प्रलोभनमा हजारौंको संख्यामा फ्याक्ट्री प्रडक्टझैं गरी डाक्टर किन उत्पादन गरिरहेका छौं? उत्कृष्ट १००० लाई डाक्टर बनाउनुभन्दा ५०० मात्र छानेको भए नेपाली डाक्टरको गुणस्तरमा बृद्धि हुने थियो कि? पैसा बढी तिर्दैमा मेडिकल कलेज भर्नामा प्राथमिकता पाउने नभइदिए अब्वल विद्धार्थीले त्यो मौका पाउँथे कि?