आर्थिक मन्दीको कारण सहकारी क्षेत्रमा असर

सहकारी ऐन र नियममा सहकारीक्षेत्रको प्रवर्धन विकास तथा विस्तारमा बाधक र संकुचित दफाहरू संशोधन नहुँदा सहकारीक्षेत्रमा समस्या परेको सहकारीकर्मीले औंल्याएका छन्।...

सम्बन्धित सामग्री

देशभरका ५०० सहकारी संकटमा

काठमाडौं : संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुगेको छ । देशभरि १५ हजारभन्दा बढी सहकारी संस्था उत्पादन, रोजगारी सिर्जना र आर्थिकोपार्जनसँग जोडिए पनि अर्बौँ रकम वित्तीय कारोबार गर्ने सीमित सहकारीमा भएकाले आर्थिक अपचलनले सिङ्गो सहकारी क्षेत्रमाथि अविश्वास उत्पन्न भएको हो ।आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, सहकारी क्षेत्रका अगुवाका अनुसार चालु आर्थिक वर्ष २०

आर्थिक-सामाजिक विकासमा सहकारी

जुलाई २ भनौँ असार १७, अन्तर्राष्ट्रिय सहकारी दिवस । हाम्रो मुलुकमा सहकारी अवधारणा पुरानै हो । हाम्रो अर्थतन्त्र कृषिमा आधारित छ । कृषिक्षेत्रमा सहकारीको भूमिका बढी छ । मुलुकको गरिबी न्यूनीकरण अभियानमा यसको टेवा, सेवा राम्रो हुन सक्छ । सरकार पुग्न नसकेको वा निजी क्षेत्र एक्लैको पहुँच कम भएका क्षेत्रमा सहकारीको उपस्थिति बेजोड हुन्छ । […]

आर्थिक तरलता : चितवनका पाँच सहकारी समस्यामा

भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र …

आर्थिक तरलता: पाँच सहकारी समस्यामा

भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो।...

‘आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यक’

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रूपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् । समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा आज नेता नेपालले गाउँगाउँमा रहेको साना पुँजीलाई एकीकृत र परिचालन गरी आर्थिक रुपान्तरणका लागि सहकारीको ठूलो योगदान रहने बताए ।  पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने […]

नियमअनुसार नचल्दा सहकारी समस्याग्रस्त

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विद्यमान कानुनअनुसार सहकारी सञ्चालन नहुँदा समस्याग्रस्त हुने गरेको जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा सहकारीलाई समस्याग्रस्त हुनबाट जोगाउन सहकारी ऐन/नियमको प्रभावकारी कार्यान्वयनका साथै सहकारी संस्थामा सुशासन प्रवद्धन आवश्यक रहेको उल्लेख छ । […]

उत्कृष्ट सहकारी पुरस्कृत

राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक  सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।

आर्थिक विकास र गरिबी निवारणको आधार सहकारी बनाइने

सरकारले मुलुकको आर्थिक विकास र गरिबी निवारणको आधार स्तम्भ सहकारी क्षेत्रलाई बनाउने बताएको छ ।आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले मुलुकको आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आवद्ध गराइने बताएको हो । तर यस्ता सहकारी संघ संस्थाको अनुगमन तथा संस्थागत सुशासन प्रवद्र्धन गर्न भने सरकारले नियमनकारी निकायलाई अधिकारसम्पन्न र सुदृढ बनाइने बताएको छ । समयानुकूल समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभी दक्

मुलुकको आर्थिक विकासमा सहकारी कहाँनिर ?

राज्यले अवलम्बन गरेको तीनखम्बे अर्थनीति सार्वजनिक, निजी र सहकारीमध्ये एक खम्बाका रूपमा सहकारीलाई लिने गरिन्छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रले ३ देखि ४ प्रतिशत योगदान दिएको अनुमान गरिँदै आएको छ । यस विषयमा यकिन अध्ययन गरिएको पाइँदैन, तर मुलुकको ७७ वटै जिल्लाका लगभग सबै वडामा सहकारीको पहुँच भने पुगेको छ । सहकारी विभागको […]