कुँवर र प्रसाईको ‘चार्टर्ड सिण्डिकेट’–बुकिङ रद्द गर्दै नेपाल आउन चाहने कोरियन पर्यटक

कोरियन एयरलाइन्सको नियमित उडान हुन नदिएर चार्टर्डमा सिण्डिकेट लगाइएका कारण कोरियाबाट नेपाल आउन चाहने पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेका छन् । कोरियाबाट नेपाल आउने र नेपालबाट कोरिया जाने नेपाली कामदारले समेत नियमित उडानको भन्दा दोब्बरसम्म भाडा तिर्नुपरेको छ ।