लोसपाबाट धमाधम पलायन : किन टिक्न सकेनन् नेता–कार्यकर्ता ?

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले गत माघमा भनेका थिए– कसैलाई पार्टीमा आउन रोक्न सकिन्छ तर पार्टीबाट जानका लागि झ्याल–ढोका धेरै हुन्छन्, सबैबाट बाहिरिन सकिन्छ ।ठाकुरले यो कुरा त्यतिबेला भनेका थिए, जतिबेला उनका विश्वास पात्र वृषेशचन्द्र लाल लोसपा छाड्ने तयारीमा थिए । ठाकुरले यस्तो अभिव्यक्ति दिएको केही दिनमै अर्थात् माघको अन्तिम साता वृषेशचन्द्र लालले लोसपा परित्याग गर्दै पुरानो तमलोपालाई ब्युँताएका थिए । उनका साथमा लोसपाका प्रभावशाली नेता डा