एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट टिकट बुकिङ गर्दा २० प्रतिशत ‘क्यास व्याक’

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्गएप मार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले असार १२ देखि १८ गतेसम्म लागू हुने गरी यो योजना ल्याएको हो । डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप एप मार्फत टिकट बुकिङमा पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथ

सम्बन्धित सामग्री

एनआईसी एशिया क्यापिटलले सजिलो पेलाई  'आइडिया टु आईपीओ' सेवा उपलब्ध गराउने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले डिजिटल वालेट 'सजिलो पे' लाई “IDEA to IPO” सेवा उपलब्ध गराउने भएको छ । यसका लागि क्यापिटल र पेमेन्ट सर्भिसेस प्रालिबीच दुई पक्षीय सम्झौता  भएको छ । एनआईसी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनाकालदेखि IPO जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।  सोही सेवाअन्तर्गत क्यापिटलले सजिलो पेलाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा IPO जारी गर्ने चरणमा पुर्‍याउनेसम्मको परामर्श दिने भएको हो । क्यापिटलले सजिलो पे पेमेन्ट सर्भिसेश प्रालिलाई संस्थागत परामर्श सेवा Private Placement बाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्थासमेत गरिदिने भएको छ । भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एनआईसी  एशिया क्यापिटल लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिबीच जेठ २५ गते दुई पक्षीय सम्झौता सम्पन्न भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। सजिलो पे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त डिजिटल वालेट भुक्तानी सेवा प्रदायक (PSP) कम्पनी हो ।  हाल सजिलो पे Mobile app प्रयोगकर्ताहरूले सहज र सुरक्षित रूपमा मोबाइल रिचार्ज, टप अप, आन्तरिक तथा बाह्य टिकट बुकिङ, बीमा र EMI भुक्तानी, नवीकरण, विद्युतको महशुल भुक्तानीलगायत अन्य कारोबारको भुक्तानी गर्नुपर्ने रकम अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । तीन वर्षभित्र प्रयोगकर्ताको संख्या १० लाख पुर्‍याउने लक्ष्य लिएको सजिलो 'पे'ले भुक्तानी गर्दा क्यासब्याकसमेत उपलब्ध गराउँदै आएको छ ।

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट टिकट बुकिङ गर्दा ‘क्यास ब्याक’

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले १२ देखि १८ असारसम्म लागू हुने गरी यो योजना ल्याएको हो ।डिजिटल बैंकिङको अवधारणा अनुरुप एपमार्फत टिकट बुकिङमा पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त […]