राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी हुन् ।
सोमवार मध्यरात १२ बजेदेखि अधिवेशन अन्त्य हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले जारी गरेको सूचनामा मंगलवार ३ बजे बस्ने गरी निर्धारण गरिएको बैठकसमेत स्वतः अन्त्य भएको उल्लेख छ ।