आणविक बम बनाएर भारतलाई टक्कर दिने पाकिस्तानी वैज्ञानिकको निधन

२४ असोज, काठमाडौं। पाकिस्तानका चर्चित आणविक वैज्ञानिक डा. अब्दुल कदिर खानको निधन भएको छ । आइतबार ८५ वर्षको उमेरमा खानको निधन भएको पाकिस्तानी समाचार माध्यमले जनाएका छन् । इस्लामावादस्थित एक अस्पतालमा खानको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पाकिस्तानी राष्ट्रपति डा. अरिफ अलभीले खानको निधनबाट आफू निकै मर्माहत […]