माओवादी छाडेर एमाले प्रवेश गरेका कस्लाई कुन जिम्मेवारी (सूचीसहित)

काठमाडौं, १० वेशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र परित्याग गरी आफ्नो पक्षमा आएकाहरुलाई पुरस्कृत गरेका छन् । उनले यसअघि नै माओवादीका केही प्रभावशाली नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइसकेका छन् । ओलीले आज महाधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधनका क्रममा सांसद पद नै दाउमा राखेर एमाले आएकालाई अब हुने चुनावमा जिताउने बताए । […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव एमाले प्रवेश

काठमाडौं,१७ साउन । नेकपा माओवादी केन्द्रका निलम्बित केन्द्रीय सदस्य वीरेन्द्र यादव एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहँदा केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश संगठन कमिटी सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमाले प्रवेश गरेका हुन् । पार्टी कार्यालय च्यासलमा आज आयोजित एक कार्यक्रमकाबीच नव प्रवेशीलाई पार्टी अध्यक्ष […]

माओवादी नेता छक्कबहादुर एमाले प्रवेश

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामालाई आज एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए । ओलीनिवास बालकोट पुगेर छक्कबहादुर एमाले प्रवेश...

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौँ । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादीका उम्मेदवार […]

कांग्रेसका पूर्वक्षेत्रीय सभापति र माओवादी नेता एमाले प्रवेश

२७ चैत, चितवन । नेपाली कांग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा र माओवादी केन्द्रका नेता खेम भट्ट एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय भरतपुरमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । लामा भरतपुर–११ को लामाटोल निवासी हुन् । त्यस्तै माओवादी केन्द्र चितवनका नेता खेम भट्टलाई पनि उपमहासचिव प्रदीप ज्ञवालीले […]

माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एमाले प्रवेश

नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका छन्। सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर प्रवेश गरेका हुन्। कुनै बेला एमाले पार्टीमा आवद्ध भई काम गरेका डल्लाकोटी पुनः एमालेमै प्रवेश गरेका हुन्। माओवादी प्रवेश गरेको १५ वर्षपछि एमालेमै फर्किएका छन्।

माओवादी केन्द्र कर्णालीका नेता विष्ट एमाले प्रवेश

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् । उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले […]

माओवादी नेताले भने– मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो

डोटी, ९ फागुन : डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् । ६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै […]

विक्रम पाण्डे एमाले प्रवेश गर्ने

काठमाडौं, १९ कार्तिक । राप्रपाका नेता विक्रम पाण्डे नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । यसअघि चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् । एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका छन् । […]

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु छलफलमा

काठमाडौं : नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्न अनौपचारिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई एमालेभित्रको आन्तरिक समस्याका कारण झनै अप्ठ्यारो भएको छ।छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापासहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन्। माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण

माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद गयो

काठमाडौं । माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित २ प्रमुख, ५ उपप्रमुख, एक अध्यक्ष, एक उपाध्यक्ष, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेकाले पदमुक्त भएका हुन् । निर्वाचन आयोगले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ निर्वाचित जनप्रतिनिधिहरुको पद […]