दाङका ७ गाउँपालिकामध्ये ५ वटामा माओवादीको अग्रता

दाङ जिल्लाका सातवटा गाउँपालिकामध्ये अहिलेसम्म माओवादीले पाँचवटा  गाउँपालिकामा अग्रता लिएको छ । अग्रता लिएकामध्ये माओवादीले तीन पालिकामा गठबन्धन गरेको छ भने दुई पालिकामा एकल प्रतिस्पर्धा गर्दै अग्रता लिएको छ ।माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा एउटा गाउँपालिका मात्रै जितेको थियो । अहिले बंगलाचुली, राजपुर र राप्तीमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ भने शान्तिनगर र गढवामा झिनो मतले अग्रता   लिएको छ ।माओवादी केन्द्रले बंगलाचुलीमा काँग्रेससँग, राप्तीमा राजमोसँग र गढवामा एकीकृत समाजवाद

सम्बन्धित सामग्री

दाङका राप्ती, राजपुर र गढवामा माओवादीको अग्रता, लमहीमा कांग्रेस अगाडि

दाङ– देउखुरीका चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा यो समाचार तयार पार्दासम्म अध्यक्ष पदमा माओवादीका उम्मेदवारले अग्रता लिएका छन्। लमही नगरपालिकामा भने नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। राप्ती गाउँपालिकामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेर नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका […]