प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले आह्वान गरेपछि बहुमत सांसदको हस्ताक्षर लिएर गएको बताएका छन् ।
उनले संविधानको धारा ७६(५) अनुसार आफूलाई समर्थन गर्न आग्रह गरिएको बताए ।
शुक्रवार प्रतिनिधि सभामा सांसदहरूले बधाई दिएपछि धन्यवाद दिने क्रममा देउवाले आफूहरूले सांसदलाई ह्वीप नलगाएको दाबी गरेका हुन् ।
‘पूर्वसभामुखज्यूले अब कहिल्यै पनि संसद् भंग हुने छैन भन्नु भएको थियो । राष्ट्रपति स्वयंले धारा ७६ (५) अनुसार सांसदले बहुमत पु¥य...