किशोरी बलात्कार आरोपमा बाँकेबाट ७ जना पक्राउ

काठमाडौं : बाँकेमा १६ वर्षीया किशोरीलाई बलात्कार अभियोगमा ७ जना पक्राउ परेका छन्।  १७ वर्षका २  र १६ वर्षका एक किशोरसहित ७ जनालाई आइतबार नियन्त्रणमा लिएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले थाहा खबरलाई जानकारी दिए।बाँकेको बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारू, विश्वनाथ थारू, विक्रम थारू र निराजन थारूसहित ३ किशोर पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा भे ३ प ३५२७ नम्बरको मोटरस