चीनको एक काउन्टीले बर्थडे पार्टीमा लगायो प्रतिबन्ध

दक्षिणपश्चिम चीनमा रहेको एक काउन्टीले बर्थडे पार्टी तथा अन्य उत्सवहरूमा प्रतिबन्ध लगाएको छ ।  केन्द्र सरकारले मितव्ययी बन्न निर्देशन दिएपछि काउन्टीले यस्तो निर्णय लिएको हो ।  उसले विवाह र अन्त्येष्टिका लागि पनि नयाँ नियम ल्याएको छ । कुनै पनि समारोहमा २०० युआनभन्दा बढी रकम उपहारका रूपमा दिन नपाइने भएको छ ।    फुनिङ काउन्टीको यो नियम कम्युनिस्ट पार्टीका सदस्य, सरकारी कर्मचारी र गाउँ संगठनका नेताहरूमा लागू गरिएको छ ।  पार्टीमा नगद उपहार दिने परम्परागत चिनियाँ प्रचलन हो ।  तर प्रभाव...