काठमाडौं– सीजी मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकका लागि काठमाडौंको विशालनगरस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरिरहेको छ । प्योर इभी प्लाटफर्ममा बनेको नेटा भीको अपत्यारिलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाइमा परिरहेको बेला दसैंलाई लक्षित गरी सीजी मोटर्सले एक्स्चेन्ज क्याम्पको आयोजना गरेको जनाएको छ […]