भारतमा एकै दिन तीन लाख ३७ हजार भन्दा धेरैमा कोरोना पुष्टि

काठमाण्डाै – भारतमा एकै दिन तीन लाख ३७ हजार सात सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका सहित भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ लाख १३ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ६ सय ७६ जना निको भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा चार सय ८८ जना सहित अहिलेसम्म चार लाख ८८ हजार आठ ८४ जनाको कोरोनाका कारण ज्यान गएको छ । ओमिक्रोन भेरियन्ट फैलिएर विश्वभर दैनिक संक्रमित संख्या बढेसँगै भारतमा पनि दैनिक संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ । विश्वमा अहिलेसम्म ...