दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्येका 'अरुण' भनेर चिनिने बमबहादुर खड्कासहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद (२० वर्ष) काे फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले यस्ताे फैसला गरेकाे स्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । डेकेन्द्र थापाकाे हत्याको १७ वर्षपछि दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय खड्कालाई याे सजाय सुनाइएकाे हो । आफूलगायत नाै जनाविरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुक्दै आएका खड्कालाई दुई वर्...