अंश विवादमा भाइद्वारा दाइको हत्या

रोल्पा नगरपालिका–६ दारबोट कोटगाउँमा सोमबार एक बृद्धको घाँटी रेटेर हत्या भएको छ । प्रहरीले ५६ वर्षका बृद्ध आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि हत्या भएको आशंकामा अनुसन्धान थालेको थियो । बुढाको हत्या अभियोगमा प्रहरीले उनकै भाई अमराज बुढालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । घटना लगत्तै गरिएको अनुसन्धानका क्रममा अभियोग स्वीकार गरेपनि थप प्रमाण जुटाउन प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुर झिकाएको थियो । मंगलबार दिउँसोसम्म घटनास्थलको अनुसन्धान सकिएको प्रनाउ सुवेदीले बताए ।