अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समितिका लागि दलहरूसँग नाम मागियो

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्नका लागि संसदीय समिति गठनको तयारी भइरहेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय छानबिन हुनुपर्ने माग गरेको अवस्थामा समितिमा बस्ने सांसदहरूको नाम माग गरिएको बताइएको छ ।

सम्बन्धित सामग्री

अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समिति माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेको छ । अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेको हो ।