भागरथी हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा, पक्राउ परेका व्यक्ति सार्वजनिक पदधारी

बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ । सार्वजनिक पद धारण गरेका ती व्यक्तिलाई प्रहरीले भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी बैतडी लगेको प्रहरी स्रोतले जनाकारी दियो । स्रोतका अनुसार उनी भागरथीको हत्या भएको केही दिनपछि कञ्चनपुर झरेका थिए । अनुसन्धान गर्दै जाँदा उनको संलग्नता हुनसक्ने आधार देखिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटना भएयता गाउँ छाड्ने...

सम्बन्धित सामग्री

भागरथी हत्या प्रकरण: अभियुक्तलाई बाल सुधारगृह पठाइयो

बिद्यालयवाट घर फर्कने क्रममा दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ । भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेशलाई १८ बर्ष भन्दा कम उमेर भएकाले बाल सुधारगृह दिपायल पठाइएको हो । घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका उनलाई जिल्ला अदालत बैतडीका न्यायधिश तिलक बहादुर कार्कीको एकल ईजलाशले मंगलवार सुधारगृह पठाउन आदेश दिएको हो ।

भागरथी हत्या प्रकरण : आरोपितको चौथो पटक म्याद थप

बैतडी - किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।  आज जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो ।  दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उनले आरोप स्वीकारी सकेका छन् । गएकाे माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको ...

भागरथी हत्या प्रकरण : १४ दिनमा जिल्ला प्रशासन र प्रहरीले जे झेले ...

बैतडीकी किशोरी भागरथी भट्टको हत्या भएको १४औं दिनमा नेपाल प्रहरीले हत्याका आरोपी पक्राउ गरी सार्वजनिक गरेको छ ।बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भट्टको गत माघ २१ गते हत्या भएको थियो । उनको शव माघ २२ गते स्थानीय लबलेक सामुदायिक वनमा फेला परेको थियो ।हत्याको आरोपमा स्थानीय १६ वर्षीय दिनेश भट्ट पक्राउ पर...

भागरथी हत्या प्रकरण : आरोपित नाबालक भए सुधार गृह पठाइने

कैलाली : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा १७ वर्षीय दिनेश भट्ट पक्राउ परेका छन्।भागरथीको छिमेकीसमेत रहेका दिनेशलाई घटना भएको १३औँ दिनमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी दिनेशलाई सार्वजनिक गर्ने जनाएको छ।दिनेश र भागरथीबीच नाता पर्छ। नातामा उनी भागरथीको भाइ हुन्। उनी भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थी हुन्। प्रहरीले विद्यालयबाट उनको उमेर प्रमाणित गर्ने जनाएको छ।‘उनले आफ्नो उमे

भागरथी हत्या प्रकरण: न्यायका लागि गरिएको विरोध प्रदर्शनमा सहभागी थिए आरोपी

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन्। सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

भागरथी हत्या प्रकरण : दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ । जिल्ला अस्पताल बैतडीमा भागरथीको शव पोस्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन ।