एक्याप व्यवस्थापनमा सरकार कहिलेसम्म अनिर्णीत ?

जैविक विविधताका लागि विश्वभर चिनिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को व्यवस्थापन स्थानीयलाई दिने वा पुरानै पाराले चलाउने भन्नेमा सरकारले निर्णय लिएको छैन । न पुरानो व्यवस्थापनको म्याद थपेको छ न त नयाँ निर्णय गरेको छ । यसले गर्दा एक्याप व्यवस्थापनमा समस्या देखिएको छ । सरकारले दुई वर्षदेखि एक्याप व्यवस्थापन सम्बन्धमा उदासीनता देखाएको हो । सरकारको यो रवैयाले उक्त क्षेत्रको संरक्षणमा चुनौती थपिएको छ ।