किसानले पाएनन् डेढ करोड बक्यौता

प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार पसेको केही महिनामै बाराका उखु किसान काठमाडौं पुगे । उद्योगी र सरकारले डेढ/डेढ करोड बक्यौता दिन जालझेल गरिरहँदा उक्त रकम उपलब्ध गराइदिने आशमा उखु उत्पादक किसान संघको नेतृत्वमा उनीहरू त्यहाँ पुगेका थिए । उनीहरूले प्रधानमन्त्री तथा सम्बद्ध मन्त्रीसित भेट्ने प्रयास गरे ।