गहुँलाई डीएपी मल भित्रियो

कृषि सामग्री कम्पनीको दोस्रो कन्साइन्मेन्टको डीएपी मल भित्रिएको छ । २० हजार मेट्रिक टनमध्ये २५ सय मेटन मल सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो । कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले गहुँ बाली सिजनका लागि उक्त मल ल्याइएको बताए ।

सम्बन्धित सामग्री

थप ६० हजार टन मल भित्रियो

कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट ३०/३० हजार टन युरिया र डीएपी मल भित्र्याएको छ । वीरगन्ज, भैरहवा र विराटनगर नाकाबाट मल भित्रिइरहेको कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीले जानकारी दिए । हाल मलको अन्तिम लट भित्रिने क्रममा छ ।